ठगी गर्ने दुई पक्राउ

काठमाडौँ - नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा सुकुम्वासीलाई बोलाएर जग्गा दिलाइदिने भन्दै ठगी गर्ने झापाका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठका ४४ वर्षीय उद्धव भण्डारीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजारको फारम भर्न लगाई रकम लिई ठगी गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए । 'पक्राउ परेका व्यक्तिले आफूहरु भूमि आयोगबाट आएका मान्छे भएको र सुकुम्वासीहरुलाई जग्गा वितरण गर्छौं, फारम भर्नुपर्छ भन्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फारम भर्न लगाई पैसा असुल गरेको अनुसन्धानबाट खुलेको छ', उनले भने ।
प्रहरीले पक्राउ गरेका व्यक्तिसँग ल्यापटप एकथान, चार्जर एकथान, प्रिन्टर एकथान, मोबाइल दुई थान, स्पिकर एकथान र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फाराम बरामद गरेको छ । पक्राउ परेका व्यक्तिसँग थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया