ताजा जनादेशमा जानु उपयुक्त विकल्प : कमल थापा

गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थापाले प्रतिनिधि सभा विघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताए ।
‘प्रतिनिधि सभा विघटनसम्बन्धी अहिलेको संविधानमा केही अस्पष्टता छ,’ उनले भने, ‘संविधानको व्याख्या तथा संविधानमा रहेको विवाद निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिएको छ, त्यसैले अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले गर्नुपर्छ ।’ प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कोही कसैले पक्ष विपक्षमा जवाफ दिनु उपयुक्त नहुने थापाले बताए ।
दिवसको अवसरमा गोरखा संग्रहालयमा राप्रपाले आयोजना गरेको कार्यक्रम थापाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसको रूपमा मनाउन सरकारलाई आग्रह गरे । ‘म विशेष गरी केपी ओलीलाई आग्रह गर्न चाहन्छु, यदी तपाईं इमान्दार राष्ट्रवादी हो भने पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गर्नुस्,’ उनले भने ।
शाहको योगदानलाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने थापाको भनाइ छ । राष्ट्र निर्माणमा शाहको योगदान राजनीतिक व्यवस्था भन्दा धेरै माथि रहेको बताउँदै थापाले भने, ‘०६२/६३ को आन्दोलन पश्चात जुन परिवर्तनबाट देशलाई हिँडाउने प्रयास भयो त्यो बेला पृथ्वी नारायण शाहको अवमूल्यन गरियो, उहाँको योगदानबारे भ्रम सृजना गरेर इतिहासलाई कालो पोत्ने काम गरियो, शालिक भत्काइयो, तर अहिले त्यो मनस्थितिमा परिवर्तन आएको छ, मलाई त्यसमा खुशी लागेको छ ।’
दिवसको अवसरमा राप्रपाले र्याली समेत निकालेको थियो । हरमटारीबाट निकालिएको र्याली बिसौनी, बसपार्क, पदेली हुँदै गोरखा संग्रहालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

प्रतिक्रिया