क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा

क्यानाडा - क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो।
कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन्। ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका छन्।
आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उनले दावी गरे। चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालिन सेवासमेत अवरुद्ध भएको उनको भनाई छ।
उनले संकटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानूनी कारबाही गर्ने चेतावनी पनि दिएका छन्।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया