शाहरुख र आलियाको ‘डार्लिङ्ग’ ८० करोडमा नेटफ्लिक्समा

मुम्बई -शाहरुख खान र आलिया भट्ट मिलेर निर्माण गरेको फिल्म ‘डार्लिङ्ग’लाई नेटफ्लिक्सले महंगो रकममा किनेको छ । पिंकभिल्लाका अनुसार आलियाले शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर बनाएको फिल्मलाई नेटफ्लिक्सले ८० करोड भारतीय रुपैयाँमा किनेको छ ।
हिरोइन मुख्य भूमिकामा रहेको फिल्मलाई ओटिटीले महंगो रकममा किनेको यो दुर्लभ घटना मानिएको छ । यसअघि दीपिका पादुकोन र अनन्या पाण्डेको मुख्य भूमिका रहेको ‘गहराइँया’लाई पनि अमेजन प्राइमले सोही हाराहारी रकममा किनेको चर्चा छ ।
यो फिल्मको अहिले पोस्ट प्रडक्सन चलिरहेको छ । फिल्ममा आलिया भट्ट र सेफाली शाह मुख्य भूमिकामा छन् । फिल्मले आमाछोरीको सम्बन्धको कथा पेस गर्छ ।
फिल्मलाई जस्मित के रिनले निर्देशन गरेका हुन् भने फिल्ममा संगीत निर्देशक विशाल भारद्धाजको रहेको छ । आलियाको चाँडै नै ‘गंगुबाई कठैयावाडी’ रिलिज हुँदैछ । यसबाहेक आलिया ‘आरआरआर’ र ‘रक्की और रानीकी प्रेमकहानी’ पनि देखिँदैछिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया