चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी
मुगु - चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ । शुक्रबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडक खण्डको भुलभुले, घुच्ची लेक हुँदै पिना गाउँसम्म पुग्ने सडक अवरुद्ध भएको छ ।
यहाँ करिब तीन फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन जेसीबीसहित तीन जना प्रहरी समेत खटाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवाष हमालले बताए ।
पुस पहिलो पटक परेको हिमपातले पनि नाग्म–गमगढी सडक बन्द भएको थियो । यसबेला पनि डोजर लगाएर खुलाइएको थियो । उनले भने, ‘यसपटक पनि डोजर परिचालन गरिएको छ । सायद आज बेलुकासम्म सडक खुल्छ की उनको अनुभव रहेको छ । हिजोदेखि हिउँ पन्छाउन डोजर र प्रहरी प्रयोग गरेका छौ, हिमपातले जमिन नछोडेपछि हिउँ पन्छाउन समस्या भएको छ ।’
यो सडक खण्ड हिउँदमा हिमपात र बर्षामा पानीले अबरुद्ध हुँदै आएको छ । १ पुस २०६९ मा मुगु सडक सञ्जालमा जोडिए पनि हालसम्म सडकको स्तरोउन्नति नहुँदा बर्षको चार महिना मात्रै सवारी सहज रूपमा चल्छ ।
सडक खुलेको लामो समय भै सक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, नाला, ढल, कल्भडको व्यवस्था नहँुदा पटक पटक सडक अवरुद्ध हुने गरेको स्थानीयको दुखेसो छ ।
हरेक वर्ष आठ महिना सडक बन्द हुँदा उपभोग्य सामग्री समेत अभाव हुने गरेको व्यापारीहरू बताउँछन् । साथै सडकको नाममा हुने राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सडक बन्द हुँदा स्थानीय तहका वकिास निर्माणका काम समेत प्रभावित हुने गरेका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या हुने गरेको स्थानीयले बताए ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया