सुकुम्बासीलाई ठगी गरेको आरोपमा २ पक्राउ

काठमाडौं– जग्गा दिलाइदिने भन्दै सुकुम्बासीलाई ठगी गर्ने दुई जना पक्राउ परेका छन्। भूमि आयोगको मान्छे भन्दै सुकुम्बासीसँग रकम लिई ठगी गरेको अभियोउनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गछौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, “भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम” लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, बिभिन्न ब्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान समेत प्रहरीले बरामद गरेको छ।
अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुल्न आएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया