जगदम्बा स्टिल पहिलो पटक तेस्रो देश निर्यात सुरु

काठमाडौँ- स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका 'कलर कोटेड कोइल्स तथा शिट'हरूको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको हो ।
कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका 'कलर कोटेड कोइल्स तथा शिट'हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।
'उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ । ', तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले भने । 'यससँगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरू उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।'

प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर

सुनको मूल्य घट्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

प्रतिक्रिया