बिहीबार १५ जेठ, २०८२
Thursday, May 29, 2025

काठमाडौँमा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारबाही

फाइल फाेटाे

काठमाडौँ- ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लघंन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । 

आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लघंन गर्ने ४८ जना चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।