सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

युभेन्ट्सको १३औँ जित

काठमाडौँ- इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ । 

जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक  र डेनिस जाकारियाले १-१ गोल गरे  ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ  । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।

सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।