रोकिएन सेयर बजारको उकालो यात्रा, ३.७ अंकले बढेर २२३९.४२ बिन्दूमा

काठमाडौं : पछिल्लो समय उकालो लागिरहेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । सेयर बजार सूचक नेप्से सामान्य अंकले बढेको हो । सोमबारको कारोबारमा नेप्से ३ दशमलव ७ अंकले बढेर २२३९ दशमलव ४२ बिन्दूमा पुगेको छ ।
प्री ओपन सेसनमा उच्चतम् बिन्दूमा पुगेको नेप्से क्रमश: ओरालो लागेको थियो । अन्तरदिवसीय कारोबारमा सामान्य उतारचढाव पार गर्दै अन्तत: ३ अंकको सामान्य वृद्धिमा रोकिएको छ । कारोबारको अन्तिम १ घन्टामा ओरालो लागेको नेप्से सामान्य वृद्धि भएर टुंगिएको थियो ।
झन्डै करेक्सनको बाटोमा पुगेको नेप्सेलाई उकालो यात्रामा पुर्याउन विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा कम्पनीका सेयरहरूले मद्दत पुर्याए । यसबीच विकास बैंकहरूको सेयर परिसूचक १ दशमलव ७५ प्रतिशतले बढ्यो ।
समग्र नेप्से परिसूचककै ग्राफमा उतारचढाव देखिएको बैंकिङ समूहमा ० दशमलव १७ प्रतिशतले वृद्धि भयो । ट्रेडिङ, होटल, उत्पादनमुलक क्षेत्र, माइक्रोफाइनान्स र अन्य समूहको परिसूचक घट्यो ।
आइतबार जस्तै आरम्भ चौतारी, प्रभु लाइफ इन्स्यवरेन्स, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपन्ट बैंकका सेयरमा उच्च मूल्यवृद्धि भएको छ । आइतबार ६ अर्ब भन्दा बढी कारोबार भएकोमा सोमबार भने कारोबार घटेको छ । आज करिब पाँच अर्ब ५२ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया