आज रातिदेखि निजी सवारीमा पनि जोर-बिजोर प्रणाली हट्ने

काठमाडौं – कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।
आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । आज राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक सवारीमा जोर बिजोर हटाएर निजी सवारीमात्र कायम राखिएको थियो । आजदेखि त्यसलाई पनि हटाइएको हो ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया