अपांगता केन्द्रमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा ब्ल्यांकेट वितरण

काठमाडौं – यूथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा नि:शुल्क स्वास्थ्य शिविर तथा ब्ल्यांकेट वितरण गरेको छ ।
केन्द्रमा रहेका ८२ जना अपांगता भएका व्यक्तिको आइतबार स्वास्थ्य परीक्षणपछि बल्यांकेट वितरण गरिएको हो । डाक्टर्स होमसँगको सहकार्यमा स्वास्थ्य परीक्षण पश्चात् औषधिसमेत नि:शुल्क वितरण गरिएको यूथ फर नेशनका अध्यक्ष डा. निकोलश भुसालले जानकारी दिए ।
केन्द्रका ३० जनाले दन्त १२ जनाले विभिन्न किसिमका घाउ र पाँच जनाले कानको परीक्षण गराएका छन् । ३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी रोगको परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणकै क्रममा अपांगता केन्द्रमा मनोसामाजिक परामर्शसमेत दिइएको थियो ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया