नागरिकले सहजै स्वास्थ्य सेवा पाउने बनाउँछौँ : स्वास्थ्यमन्त्री लामा
सिन्धुपाल्चोक : इन्द्रवाती गाउँपालिकामा १५ शैय्याको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथामिक अस्पताल आइतबार एक कार्यक्रमबीच समुद्घाटन भएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अस्पतालको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मन्त्री लामाले नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता रहेको बताएका छन् । हरेक नागरिकलाई स्वास्थ्यको पहुँमा पु¥याउनु अहिलेको सरकारको पहिलो प्र्राथमिकता रहेको पनि उनले बताए ।
बागमती प्रदेशका हरेक स्थानीय तहहरुमा जतिसक्दो छिटो, सरल र सहज रुपमा नागरिकले स्वास्थ्योपचार पाउने बनाउन अहिलेको सरकार लागिपरेको पनि उनले बताएका छन् । आगामी दिनमा हरेक नागरिकलाई स्वास्थ्यको पहुँमा पु¥याउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष वशंलाल तामाङले इन्द्रावतीका १२ वटै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताएका छन् । प्रदेश सरकारको ५ करोड ७३ लाख र गाउँपालिकाको २८ लाख बजेटबाट निर्मित अस्पतालमा समुदघाटन गरिएको छ । १५ शैयाको क्षमता रहेको अस्पतालमा ३९ वटा कोठा छन् ।

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

प्रतिक्रिया