भरुवा बन्दुक बनाउने फलामे पाइपसहित दुई जना पक्राउ

झापा – मेचीनगर नगरपालिका २ स्थित भृकुटी इलाकाबाट माघ २१ गते सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाइपसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षीय तेजमान लिम्बु र झापा मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारती छन् ।
मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाइपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ के.जी. सोडा र ३ के.जी. ५ सय ग्राम गन्धक फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया