भोलिदेखि जोर बिजोर प्रणाली हट्ने
अरु के के छन् सीसीएमसीका सिफारिस ?

काठमाडौँ : कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि लागू हुने गरि जोर बिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
खासगरी निजी गाडी र ट्याक्सीमा लगाइएको जोर बिजोर प्रणाली सोमबार बिहानैदेखि हट्ने भएको हो । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले जोर बिजोर प्रणाली हटाएको पत्र जारी गर्ने तयारी गरेका छन् । काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा लगाइएको जोर बिजोर प्रणाली भने यसअघि चर्को आलोचना भएपछि हटाइएको थियो ।
त्यसबाहेक सीसीएमसी बैठकले विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने लगायतका सिफारिस पनि गरेकाे छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया