फागुन १ देखि विद्यालय खोल्न सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)को आजको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फागुन १ गतेबाट भौतिक उपस्थितीमा सञ्चालन गर्न सिफारिस गरेको छ ।
‘विद्यालयको हकमा १२ वर्षभन्दा माथिका विद्यार्थीलाई भौतिक उपस्थितमा पढाउन सकिने र १२ वर्षभन्दा मूनिका विद्यार्थीलाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरी भौतिक उपस्थितीमा पढाउन सकिने सिफारिस गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सनिता नेपालले भनिन् ।
यस्तै, आजको बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ ।
सीसीएमसीले जिल्लाहरुले स्थानीय अवस्था हेरेर फरक फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ ।
पार्टी प्यालेसहरुको हकमा बढीमा १०० जना वा क्षमताको ५० प्रतिशत मानिस उपस्थित हुनेगरी सञ्चालन गर्न दिन सरकारलाई सिफारस गरेको छ ।
खेलकुदका कार्यक्रममा ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनेगरी सञ्चालन गर्न सिफारिस गरिएको छ ।
सीसीएमसीले खोप कार्ड हराएकाहरुलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया