भारतीय क्रिकेट खेलाडीलाई पैसा सहयाेग गर्थिन् लता मंगेशकर

काठमाडौं – स्वर कोकिला लता मंगेशकर ९२ वर्षको उमेरमा अलबिदा भएकी छन् । लताको मधुर आवाजले लाखौं मुग्ध हुन्छन् । उनको निधन संगीत प्रेमीहरूका लागि अपुरणीय क्षेति हो ।
उनले फिल्म जगतमा पाँच हजारभन्दा बढी गीत गाएकी छन् । लता, जसले खेलकुदलाई धेरै माया गर्छिन् । अझ भारतमा क्रिकेटको माहौल भएका कारण धेरै रुचि राख्थिन् ।
लताले सन् १९८३ मा विश्वकप हेरेकी थिइन् । इंग्ल्यान्ड र वेल्समा भएको उक्त प्रतियोगितामा वेस्ट इन्डिजलाई पराजित गर्दै भारतले उपाधि जित्यो । जब उनी मौका मिल्थ्यो क्रिकेट हेर्न जाने गर्थिन् ।
क्रिकेटमा थियो दोस्रो प्रेम
१९८३ को विश्वकप हेर्न लता मैदानमै उपस्थित भएकी थिइन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा लताले भनेकी थिइन्, ‘तनावले भरिएको माहौल थियो, तर खेल अन्तिम तिर नजिकिँदै गर्दा म भारतको जितमा पूर्ण विश्वस्त थिए । तर, क्रिकेटमा खेल कहिले के हुन्छ भन्न सकिँदैन ।’
क्रिकेट टोलीको लागि उठाएका थिए पैसा
वर्तमान समयमा भारतीय क्रिकेट बोर्ड (बीबीसीआई) सँग ठूलो धन राशि छ । तर, १९८३ को अवस्था निकै फरक थियो ।
तत्कालीन समय बीसीसीआईसँग १९८३ विश्वकप विजेता टोलीको लागि पुरस्कार वापत दिने पैसा थिएन ।
तत्कालीन अध्यक्ष एनकेपी साल्वेले लता मंगेशकरसँग भेट गर्दै इन्दिरा गान्धी मैदानमा एक कन्सर्टको आयोजना गरे ।
जसमा लताले सहमती जनाएकी थिइन् । कार्यक्रम निकै नै चर्चामा आयो । सफल पनि भयो ।
यसबाट जति पैसा आयो त्यसलाई पुरस्कारको रूपमा क्रिकेटरलाई बाढियो । जुन कन्सर्टमा क्रिकेटरले गीत गाएका थिए ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया