हिउँले ढकमक्क रारा

मुगु – रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । याे ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराकाे आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएकाे छ ।
चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेकाे छ । राराकाे याे सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूकाे लर्को लाग्ने गरेको छ ।
रारामा यो वर्ष तेश्रो पटक हिमपात भएकाे हाे । रारा आसपासमा करिब साढे २ फिटसम्म हिमपात भएका स्थानीयकाे भनाइ छ । यहाँकाे प्राकृतिक सौन्दर्य हेर्न देश विदेशबाट समेत पर्यटक आइरहेकाे सक्कबहादुर बुढाले बताए । यसले समग्र कर्णालीको पहिचान बढी रहेकाे आन्तरिक पर्यटक तेजेन्द्र सिंजालीले बताए ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया