सीसीएमसीद्वारा जोर-बिजोर हटाउन सिफारिस

काठमाडौँ- काठमाडौँ उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली हट्ने भएको छ । उपत्यकाका उपत्यकामा शजिल्ला प्रशासन कार्यायलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको बताइन् । पछिल्लो समय संक्रमणदर कम भएकाले केही खुकुलो पार्दै लैजाने गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएकाे उनले जानकारी दिइन् ।
यसअघि उपत्यकाको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातमा लागेको जोरबिजोर प्रणाली हटाएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली यथावत थियो ।
रात्रीकालीन व्यवसाय सञ्चालन गर्न समय तोकिने उनले प्रष्ट पारिन् । अन्य गतिविधिहरू भने यसअघि जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयअनुसार हुने प्रवक्ता नेपालले बताइन् ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया