विद्युतीय धरापमा परी १० को मृत्यु

मोगादिसु - सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो ।
यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन् ।उनले यसरी मृत्य हुनेमा चार जना महिला र एक बालक पनि परेका छन् । एक भ्यानमा रहेका उनीहरुको सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा ज्यान गएको हो ।
ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको छ । तर उनीहरुले भने यसको जिम्मेबारी लिएका छैनन् । सोमालियमा पछिल्ला केही वर्षयता देखि अल सेबाब नामको आतंककारी समूहले यस्तो हिंसात्मक घटनाहरु गराएकाले यसमा पनि उनीहरुकै हात रहेको अनुमान गरिएको ती सैनिक जर्नेलले जनाएका छन् । रासस

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया