प्रदेश १ मा सपथ ग्रहण स्थलमा फेरियो मन्त्रीको जिम्मेवारी

विराटनगर - प्रदेश १ मा सपथ ग्रहण स्थलमा नै मन्त्रीको जिम्मेवारी फेरिएको छ । प्रदेश १ को १४ सदस्यीय मन्त्रिपरिषद्मा आइतबार नियुक्त भएका ८ मन्त्रीमध्ये दुई मन्त्रीको मन्त्रालय फेरिएको छ । सपथ ग्रहण स्थलमै मन्त्रीहरूको मन्त्रालय फेरिएको हो ।
सपथ ग्रहणका क्रममा सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले मन्त्रीको नाम र मन्त्रालय फरक परेको भन्दै सच्याउन माग गरेका थिए । कर्यविभाजनमा उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएका ओम प्रकाश सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाइएको छ ।
त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तोकिएका प्रताप प्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा लगिएको हो । सपथ ग्रहण अघि मन्त्रालय र मन्त्रीको कार्यविभाजन पढेर सुनाइएको थियो ।

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

प्रतिक्रिया