‘परस्त्री’मा शिल्पा मास्केको प्रवेश

काठमाडौँ - ‘आमा’ निर्माता शर्मिला पाण्डेले छोरालाई निर्देशक लिएर बनाउन लागेको फिल्म ‘परस्त्री’मा शिल्पा मास्के अनुबन्ध भएकी छिन् । निर्माण साझेदार दीपेन्द्र के खनालले सामाजिक सञ्जालमा शिल्पालाई अनुबन्ध गरेको जानकारी गराएका छन् ।
केही दिनअघि निर्माण टिमले औपचारिक कार्यक्रम गर्दै फिल्मको घोषणा गरेको थियो । डीएस डिजिटलको प्रस्तुति रहने फिल्ममा कोशिस क्षेत्री मुख्य भूमिकामा रहने जनाइएको थियो । तर कोशिसबाहेकका कलाकार अडिसनबाट छानिने जानकारी गराइएको थियो ।
यसमा दुई महिला कलाकार र एक पुरुष कलाकार मुख्य थिए । निर्माण टिमले यही दुईमध्ये एकमा शिल्पालाई अनुबन्ध गरेको हो । ‘ब्रेकअप’बाट डेब्यु गरेकी शिल्पाले ‘कागजपत्र’, ‘सानो मन’ आदि फिल्ममा अभिनय गरेकी छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया