भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका अन्तर्गतका पाँच कृषक समूहलाई मेसिन प्रदान गरेकाे हाे ।
केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली उन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क भेडी गोठ कृषक समूह ताराचोक, पुस्तुन नाइचे भेडीगोठ कृषक समूह भीरपुस्तन र अन्नपूर्ण पशुपालन कृषक समूहलाई उन प्रशोधन सहयोगार्थ मेसिनहरू उपलब्ध गराएको हो ।
गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख एवं पशुचिकित्सक डा. पवन श्रेष्ठका अनुसार केन्द्रले प्रतिसमूहलाई ४८ हजार बराबरको आधुनिक मेसिन उपलब्ध गराएको छ। उक्त मेसिन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गरेका हुन् । आधुनिक प्रविधिको मेसिन तथा चर्खाले उन काट्न सहज र समयको सदुपयोग हुनेछ ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया