सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य सर्वसम्मत

काठमाडौं : नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । महासंघको तेस्रो महाअधिवेशनमा शाक्य निर्वाचित भएका हुन् ।
आइतबार सातौं तथा आठौं बार्षिक साधारणसभा तथा आइतबार सम्पन्न भएको छ । शाक्य महासंघका वरिष्ठ उपाध्यक्ष थिए । महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भएका छन् । यस्तै महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्म निर्वाचित भएको छन् । प्रवक्तामा मनोज कुमार शाह निर्वाचित भए ।। यस्तै सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित भएका छन् ।
महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्था भए अनुरुप यी सबै पदमा निर्विरोध भएको हो । साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न व्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रस्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा वहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल छन् । प्रस्तावित सचिवमा केश वहादुर सुनार तथा प्रश्तावित सहकोषध्यक्षमा रमेशह रसाइली छन् ।

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

प्रतिक्रिया