मर्स्याङ्दी गाउँपालिकाले ‘ग’ वर्गका अपांगता भएकालाई मासिक पाँच सय भत्ता दिने

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई पनि विशेष सेवा सुविधा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले माघ महिनादेखि लागू हुनेगरी पालिकाअन्तर्गत ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।
‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई संघ सरकारले नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको, तर ग‘’ वर्गमा पर्नेहरूले मासिक भत्ता नपाउने भएकाले पालिकाले मासिक उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
‘ग’ र ‘घ’ वर्गका अपांगता भएकाले सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरेपछि कार्यपालिकाको बैठकले तत्कालका लागि ‘ग’ वर्गलाई पाँच सय मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपांगता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुले सरकारबाट मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।
यस्तै सम्बन्धित निकायबाट ख‘’ वर्ग अर्थात नीलो अपांगता परिचयपत्र पाएका जुनसुकै नागरिकहरुले सरकारको तर्फबाट मासिक एक हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । अपांगता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपांगता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गर्दै आएका छन् । अपांगता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिरहेको र सोहीबमोजिम सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया