राप्रपा सुर्खेतको समायोजन

सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकतापछि सुर्खेतमा जिल्ला कमिटीको समायोजन सम्पन्न भएको छ । बुधबार समायोजनपछि मानबहादुर खड्काको अध्यक्षतामा १२० सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।
पार्टीका केन्द्रीय सदस्य एवं पूर्वजिविस सभापति वसन्त थापाको अध्यक्षतामा वीरेन्द्रनगरमा आयोजित भेलाले सहअध्यक्ष कर्णबहादुर रेगामी, उपाध्यक्ष ईश्वर श्रेष्ठ, गङ्गाराम देउवा, राधिका थापा, अमृत राना, टोपबहादुर वली, छत्रपती थापा, अम्मरबहादुर कार्की, मानबहादुर सिंजाली, श्याम पुरी र धर्मराज विसीलाई चयन गरेको छ ।
त्यस्तै सचिव जनकसिंह ठकुरी र रुद्रबहादुर चन्द, सहसचिव कमलदेव जिसी, चाँदनी वली, कोषाध्यक्ष पार्वती गौतम र मातृका भुसाल, प्रवक्ता सूर्यबहादुर शाही र शिवराज जैसी तथा सञ्चार प्रतिनिधिमा हेमन्त थापालाई चयन गरिएको जनाइएको छ । पार्टी अध्यक्ष खड्काले साविकका दुवै पार्टीका कमिटीलाई जिल्ला कार्य समितिमा समायोजन गरिएको बताए । कोभिड– १९ को महामारीका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन क्षेत्र, गाउँ, नगर र वडा कमिटीलाई समायोजन गरिने उनको भनाइ छ ।

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी का…

प्रतिक्रिया