‘तिम्रो मेरो साथ’को छायांकन सुरू

काठमाडौं : 'रेड वाइन ’बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ बनेको फिल्मको छायांकन सुरू भएको छ । चलचित्रको सोमबारबाट छायांकन शुरू भएको हो । प्रेमकथामाथि आधारित यो चलचित्र रमेश एम के पौडेल निर्देशन गर्न लागेका हुन् । चलचित्र तिम्रो मेरो साथमा निर्देशक पौडेलकै कथा, गीत र निर्माण रहेको छ ।
चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सरोज खनाल ,सन्दिप क्षेत्री,खबपु , इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तको अभिनय रहने छ। आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको यो चलचित्रका निर्मातामा पासांग लामा र सह निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।
पराजुली सुबिसु केबुलका प्रमुख हुन । चलचित्रमा सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । ‘तिम्रो मेरो साथ’को नेपाल र केही दृश्यहरू अमेरिकाका बिभिन्न सहरहरूमा छायांकन गरिने छ । चलचित्रमा योगेश काजीको संगीत रहेको छ ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया