दक्षिण कोरियामा ह्वात्तै बढ्याे काेभिड संक्रमितकाे संख्या

सोल – दक्षिण कोरियामा एक दिनमा सवैभन्दा धेरै सङ्क्रमित
सोल, २२ माघ (रासस÷सिन्ह्वा) - दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन्।
स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
एकै दिनमा ३६ हजारभन्दा बढी सङ्क्रमित भएको शनिबार पहिलो पटक हो । शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या नौ लाख ७१ हजार १८ पुगेको छ ।
नयाँ सङ्क्रमित मध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन् ।
सोही अवधिमा २२ जनाको मृत्यु भएको छ । यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या छ हजार ८५८ रहेको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया