दुबईमा मनाइयाे नेपालकाे राष्ट्रिय सम्मान दिवस

काठमाडौँ - संयुक्त अरब इमिरेट्स (युएइ) को दुबइमा भइरहेको एक्सपो २०२० दुबईमा सहभागी प्रत्येक राष्ट्रहरूको सम्मान स्वरूप राष्ट्रिय दिवस मनाउने परम्पराअनुरूप माघ २० (३ फ्रेबुअरी २०२२) मा नेपालको राष्ट्रिय सम्मान दिवस भव्य रूपमा मनाइएको छ।
एक्सोस्थित अल वासी प्लाजामा सम्पन्न उक्त कार्यक्रममा नेपालको तर्फबाट राजदूत कृष्णप्रसाद ढकाल र युएइको तर्फबाट परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयता मन्त्रालयका सहायक मन्त्री याकुव युसुफअल होसनी सहितको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो।
नेपाल र युएइको झण्डोत्तोलन एवम् राष्ट्रिय गानसँगै औपचारिक रूपमा कार्यक्रमको सुरुवात गरिएको थियो। सोअघि नेपालको कला, संस्कृति र पहिचान झल्कने गरी रातो मच्छिन्द्रनाथको रथ जात्रा गरिएको थियो। उक्त समारोहलाई सम्बोधन गर्दै राजदूत ढकालले कोभिड-१९ ले सिर्जना गरेको यस कठिन परिस्थितिमा पनि सफलतापूर्वक एक्स्पो आयोजना गरेकोमा युएइ सरकारलाई बधाई ज्ञापन गर्दै उनले युएइले आफ्नो स्थापनाको ५० वर्षमा शिक्षा, स्वास्थ्य, प्रविधिलगायतका क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गरेका थिए ।
विगत पैतीस वर्षदेखि एक्स्पोमा निरन्तर सहभागी हुँदै आएको नेपालले यस एक्स्पोमा पनि आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, सामाजिक विविधता र व्यावसायिक सम्भावनाको प्रभावकारी प्रदर्शन गरेको कुरा उल्लेख गर्दै उनले युएइ र नेपालबीच विद्यमान मित्रवत् र सौहार्द सम्बन्धको चर्चा गरे । साथै उनले एक्स्पोमा नेपालको सहभागिताका सन्दर्भमा युएइ सरकारले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै युएइका सहयता मन्त्री अल होसनीले युएइ र नेपालबीच गौरव गर्नलायक सम्बन्ध रहेको कुरा उल्लेख गरे । साथै उनले युएइको विकास र समृद्धिमा लाखौं नेपालीले गरेको योगदानको पनि प्रशंसा गरेका थिए। उनले नेपालमा तीव्र विकासका सम्भावना रहेका क्षेत्रहरूको चर्चा गर्दै जलविद्युत् तथा पर्यटन आदि क्षेत्रको विकासमा दुई देशबीच सहकार्य हुन सक्ने बताए।
सो अवसरमा नेपाल सांस्कृतिक संस्थानबाट आएको कलाकारहरूको एक सांस्कृतिक टोलीले हिमाल, पहाड, तराईको प्रतिनिधित्व हुने गरी लोकबाजा, गीत र नृत्य प्रस्तुत गरेको थियो ।
प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा नेपाली समुदायलगायत ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । सोही दिन साँझ एक्स्पोको मुख्य हल अल वासी प्लाजाको भव्य स्क्रिनमा नेपालको राष्ट्रिय झण्डाको भव्य प्रदर्शनी गरिएको थियो ।

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

वेस्ट ह्याकाथन आयोजना गर्दै एनसेल फाउन्डेसन

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

प्रतिक्रिया