घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङ- लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओईरो लागेको हो ।
वर्षाका कारण लमजुङका सबैजसाे अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेकाे छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।
हिमपातसँगै चिसो अत्याधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन् । तर, अहिलेकाे हिमपात र बालिनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिंचाई पुग्नुका साथै जडिबुटी समेत उम्रने स्थानीय गमल बिकको भनाइ छ ।
घलेगाउँसँगै मस्र्याङदीको सिउरुङ, हर्सिङडाँडा, बेसीशहर नजिकैको वनक्षेत्र, दुधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पुरै सेताम्मे देखिएका छन् ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया