भिडियो ब्लगमार्फत नेपालको अन्तर्राष्ट्रिय प्रचार

काठमाडाैँ – जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्यूनीकरणका लागि विश्वसमुदायको ध्यानाकर्षण गर्न नेपालमा आयोजना गरिएको बर्ल्ड ब्लग च्यालेन्ज अन्तर्गत विश्वका चर्चित बल्गर्सका भिडियोहरू सार्वजनिक गरिएको छ ।
पार्टी नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र इसिमोड लगायतका संस्थाहरुको प्रर्वद्धनमा गत कात्तिक ३ देखि ११ गतेसम्म विभिन्न देशका ११ जना ब्लगरहरूले खुम्बु क्षेत्र र सगरमाथा आधार शिविर पुगेर दृश्य खिचेका थिए । एघारमध्ये ६ ब्लगरले एक हप्तासम्म सो क्षेत्रमा रहेर तयार पारेका भिडियोहरु काठमाडाैँमा प्रिमियर सो मार्फत प्रदर्शन गरिएको थियो । त्यसमा उत्कृष्ट तीनवटालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
गत मङ्गलबारबाट सुरु भएको पब्लिक भोटिङमार्फत उत्कृष्ट पाँच ब्लग छानिने र त्यसपछि निर्णायक टोलीले तीनवटा सर्वोेत्कृष्ट ब्लग छानेर पुरस्कार प्रदान गर्ने काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उत्कृष्ट भिडियो ब्लग पहिलोलाई ५० हजार अमेरिकी डलर ( करिब रू.६० लाख) ,दोस्रोलाई ३० हजार अमेरिकी डलर (करिब रू.२६ लाख ) र तेस्रोलाई २० हजार अमेरिकी डलर (करिब रू.२४ लाख) प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
सो प्रतिस्र्धामा बल्र्ड ब्लग च्यालेन्जका लागि नेपाल सहित भारत, कोलम्बिया, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकाका ब्लगरहरू सहभागी भएका थिए । उनीहरूलाई वर्ल्ड ब्लग च्यालेन्जको सामाजिक सञ्जालहरूमा गएर भोट गर्न सकिने आयोजकले जनाएको छ ।
प्रिमियर सोका क्रममा आयोजित पत्रकार सम्मलेनमा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यो प्रतियोगिताले जलवायु परिवर्तनका मुद्धालाई अन्तरराष्ट्रियकरण गर्नुका साथै नेपाललाई विश्वसामु थप परिचित गराउन तथा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुर्याउने बताए । यस्तै पार्टी नेपालका अध्यक्ष श्री गुरुङले कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान खिच्नु रहेपनि यसबाट नेपालको पर्यटन प्रवर्द्धन समेत हुने बताए । विश्वविख्यात आरोही तथा ब्लर्ड ब्लग च्यालेन्लका टिम लिडर मिङमा डेभिड शेर्पाले नेपालका हिमालहरुमा निरन्तर हिउँ पग्लिने क्रम बढ्दै गएकोले यसले भविष्यमा मानविय संकट ल्याउनेतर्फ विश्य समुदायलाई सचेत गराउन आवश्यक भएको भन्दै यो प्रयासले त्यसका लागि सहयोगी हुने बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया