हावाहुरी र वर्षाका कारण मधेशमा तीन जनाको मृत्यु

काठमाडौँ - अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै हावाहुरीले रुख भाँच्चिएर लाग्दा धनुषामा २ जना र वर्षाका कारण घर भत्किँदा रौतहटमा १ जनाको मृत्यु भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण घर भत्किँदा घरमा च्यापिएर रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
यस्तै, धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन उच्च माविको प्राङगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण भाँच्चिदा रुखमा च्यापिएर २ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रूखमा च्पापिएर सोही ठाउँ बस्ने महेन्द्र सादाकी छोरी ८ वर्षीया प्रतिमा कुमारी सादाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया