देशभर कहाँ कति पानी पर्यो

काठमाडौँ - श्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न/चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ ।
बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । काठमाडौँ उपत्यकामा दिनभर घाम नदेखिएकाले आज निकै जाडो महशुस गरिएको छ । आज काठमाडौँको न्यूनतम ४ दशमलब ९ र अधिकतम तापक्रम ९ डिग्रीसेल्सियस रहेको छ ।
आज सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।
हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
प्रदेश नं १, मधेश, बागमाती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगजर्न/चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।रासस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया