एमसीसी सम्झौता खारेज गर्न माग

काठमाडौँ : पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद् नेपालले एमसीसी तत्काल खारेज नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।
एमसीसी देशहितमा नभएको र बहु–विवादित भइसकेकाले खारेज गर्नुपर्ने परिषद्को भनाई छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले एमसीसीलाई मुलुकको हितमा नरहेको बताए । उनले एमसीसी पास गरेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै नेपालीले कारवाही गर्ने चेतावनी दिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदिप ज्ञवालीले अमेरिकामा ८ वटा सम्झौता गरेर लुकाएको उहाले आरोप लगाए ।
परिषदका उपाध्यक्ष खगेन्द्र बस्नेतले सम्झौता पास नर्गन सरकारलाई खबरदार र नेपाली जनतालाई सचेत गराउन आफूहरुले खोजेको बताए ।

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

वेस्ट ह्याकाथन आयोजना गर्दै एनसेल फाउन्डेसन

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

प्रतिक्रिया