मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

पर्सा–पर्साको बिरगंज महानगरपालिका १६ स्थित बसपार्क इलाकाबाट माघ २० गते सशस्त्र प्रहरीले करीव ७ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा रेडबुल बरामद गरेको छ ।

एक यात्रुवाहक बसमा लुकाई छिपाई राखेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ।  यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहीबाट खटिएको सशस्त्र प्रहरीले माघ २१ गते करीव २ लाख २५ हजार रुपैयाँ बराबरको एक थान ड्रोन क्यामरा बरामद गरेको छ।

उक्त क्यामरा सशस्त्र प्रहरीले रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ मनमोहन गेटस्थित सीमा ईलाकाबाट बरामद गरेको हो। त्यसवेला उक्त क्यामरा ल्याउने व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सो क्यामरा सोही ठाउँमा छाडी फरार भएका थिए। बरामद क्यामरा भन्सार कार्यालय गौरमा बुझाईएको छ।