फागुन १ गतेबाट विद्यालय खुला गर्न सरकारलाई सुझाव

काठमाडौं- कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट पुन: सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालबीच भएको छलफलमा उक्त सुझाव दिइएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माघ १२ गते शिक्षामन्त्री पौडेललाई भेटेर माघ २३ पछि विद्यालय खोल्न दिनुपर्ने माग गरेको थियो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि यसअघि नै लामो समयसम्म विद्यालय बन्द गर्न नहुने बताएका थिए । उनले अवस्था हेरेर विद्यालय खुलाउने प्रक्रियामा जान भनेकाले मन्त्रालयले पनि विद्यालय लामो समय बन्द गर्नु नहुने धारणा राखेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधी सहभागी थिए ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया