बुधबार १४ जेठ, २०८२
Wednesday, May 28, 2025

टावरमा चट्याङ परेपछि भैरहवा विमानस्थल बन्द

बुटवल -रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको बर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आए पछि विमानस्थल बन्द गरिएको हो । 

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुडिएको र लाईट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दहालले बताए । उनले भोलि संचालनको वातावरण बनाउने बताए । 

विमानस्थल बन्द भए पछि भैरहवा विमानस्थलमा रहेका यात्रु र यहा आउने यात्रुहरू प्रभावित भएका छन् ।