सेनेटरी प्याड निर्माण गर्छन जुम्लाका महिला

खलंगा : जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरु सेनेटरी प्याड निर्माणमा जुटेका छन् । अधिकांश महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि आफ्नै गाउँबस्तीमा रहेको स्रोत साधनबाट आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेको स्थानीयवासी लक्ष्मी घर्तीले बताए ।
घरेलु तरिकाबाट सेनेटरी प्याड बनाउँदै आएका छौँ । बजारदेखि खरिद गरेर लिएको प्याडभन्दा पनि गाउँमै आफैँले बनाएको प्याड प्रभावकारी भएको स्थानीय महिला बताउँछन् ।
“पहिले प्याडको प्रयोग गर्नेबारे जानकारी नहुँदा महिनावारी हँुदा समस्या हुने गरेको थियो । अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौँ”, स्थानीयवासी जमुना चौलागाईंले भने, “प्याड किन्नु पर्दैन, बरु कहीँकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्नेसम्मको काम भएको छ ।”
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित खानेपानी सरसरफाइ स्वच्छता उत्थानशील परियोजनाअन्तर्गत दुईदिने प्याड बनाउने तालिम लिएपछि सिँजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउनु नपरेको सिञ्जाका महिला बताउँछन् । समुदायमा रहेका महिलामा आफ्नै घरमा सियोले बुनेर सेनेटरी प्याड बनाउन सक्ने सीपमूलक तालिम दिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए । रासस

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया