हावाहुरीका कारण मधेश प्रदेश सभाकाे वार्षिकाेत्सव स्थगित

जनकपुरधाम – बिहिवार रातिदेखि निरन्तर भइरहेकाे हावाहुरीकाे कारण मधेश प्रदेश प्रदेश सभाको चौथो वार्षिकोत्सव स्थगित भएको छ । हावाहुरीसँगै पानी समेत परेकाे कारण जनकपुरधाम स्थित प्रदेश सभाकाे परिसरमा वार्षिकाेत्सव समाराेहकाे सम्पुर्ण तयारी गरिएपनि, स्थगित गर्नु परेकाे वार्षकाेत्सव मुल समाराेह समितिका संयाेजक शैलेन्द्र यादवले बताए ।
उनले भने, 'हामीले सम्पूर्ण तयारी पूरा गरेका थियाैँ, माननीयज्युहरू पनि समाराेहमा सहभागी हुन समयमै आइपुगेकाे थिए, तर हावाहुरीले समाराेहका लागि बनाइएका पण्डाल र मञ्च नै उडाउँदा वार्षिकाेत्सव स्थगित भएकाे हाे।'
कार्यक्रमका लागि बिहान ११ बजेकाे समय ताेकिएकाे थियाे, प्रारम्भ पूर्व निर्धारित कार्यक्रमअनुसार रक्दान कार्यक्रम भएपनि हवाहुरीले अन्य सबै कार्यक्रम स्थगित गर्नु परेकाे प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
'साे समाराेहका लागि प्रत्येक वर्ष्झैँ यस वर्षपनि ३० लाख रूपैया छुटयाइएकाे थियाे, साेही अनुसार व्यवस्थापन पनि गरिएकाेले क्षतिकाे अनुमान यकिन त भन्न सकिँदैन तर साेही अनुसार हुन सक्ने अनुमान गरिएकाे', संयाेजक यादवले भने ।
अब कहिले वार्षिकाेत्सव मनाइनेबारे संयाेजक यादवले समाराेह समिति बैठक बसेर माैसमकाे प्रतिकुलता हेरेर नयाँ मिति निर्धारण गरेर आयाेजना गरिने बताए । यता निरन्तर भइरहेकाे वर्षाले प्रदेशकाे राजधानी जनकपुरधाममा ठाउँ ठाउंमा विद्युत अवरूद्ध रहेकाे छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया