सिजि नेटले १५ दिन ‘फ्री ट्राईल’ दिने

काठमाडौं - सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफुहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सिजि नेटले जनाएको छ ।
सिजि नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।
सिजि नेटले हाल ९ सय ९९ रुपैया प्रति महिनामा १२० एमविपिएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैया प्रति महिनामा पचास एमविपिएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ । न्युन शुल्कमा गुणस्तरिय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरुको पहिलो रोजाइमा आफुहरु रहेको कम्पनीले बताएको छ ।
सिजि नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ ।

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

प्रतिक्रिया