पर्यटकीय गाउँ हेलम्बुमा ८ फिट बाक्लो हिउँ

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु गाउँपालिकामा हिमपात भएको छ । हल्का वर्षापछि झरेको हिउँ हेलम्बुको गाउँभर ६ फिट बाक्लो हिउँ जमेको छ ।
यति बाक्लो हिउँ करिब ३३ वर्षपछि जमेको हो । दुई वर्षअघि हेलम्बुका विभिन्न स्थानमा ६ फिटसम्म बाक्लो हिउँ जमेको थियो ।
गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुको ’ हेलम्बुको तार्केघ्याङ, मेलम्ची घ्याङ, तेजेनथाङ, कुटुम्साङ, घोप्टे घ्याङ, ठाडेपाटी, तार्तुङसम्म अत्यधिक हिउँले ढाकेको बताए।
स्थानीय ६५ वर्षीय कामी लामाले भने, ‘३० वषपछि मात्रै यत्तिको बाक्लो हिउँ परेको हो, अब त बाहिर निक्लन सकिन्न, यसरी कठ्याङग्रिएर हिउँद बित्ने भो ।’ हेलम्बुको तार्केघ्याङ, मेलम्ची घ्याङ, तेजेनथाङ, कुटुम्साङ, घोप्टे घ्याङ, ठाडेपाटी, तार्तुङसम्म अत्यधिक हिउँले ढाकेको उनले सुनाए ।
स्थानीय वृद्धाकाअनुसार हेलम्बुमा २०४५ सालमा बाक्लो हिउँ जमेको थियो । त्यसपछि पछिल्लो तीन वर्षदेखि हिउँ बाक्लिएको हो । हेलम्बुको तल्लो भेगसम्म अहिले हिउँ जमेको छ ।
हिउँ जमेपछि जनजीवन कष्टकर भएको छ। सवारी आवागमन अवरुद्ध भएको स्थानीयले छिरिङ लामाले बताए। ‘सवारी हिउँमा फसेको छ,’ उनले भने ।
गुम्बैगुम्बाको सहर शेर्माथान्, महायोगी मिलारेपाको तपस्यास्थल झिचेन गुफासमेत हिउँले भरिएको छ । हिउँ बाक्लिएपछि आन्तरिक पर्यटकको चाप बढेको लामाले जानकारी दिए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया