मुख्यमन्त्री शाहीले स्टाटस लेख्दै भने- आइतबारसम्म कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन्छ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने संकेत देखाएका छन् । आज बिहान फेसबुक स्टाटसमार्फत उनले यस्तो जानकारी गराएका छन् । उनले स्टाटसमार्फत आफूलाई सोधिरहनेहरुले आइतबार जवाफ पाउने बताएका छन् ।
उनले लेखेका छन्, ‘बारम्बार बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ महोदयहरु ।’ मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्ममा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आइतबाारसम्म मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना देखिएको छ ।
आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले चार मन्त्रालय, समाजवादीले तीन मन्त्रालय र काँग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी नछोडेपछि भागबण्डा मिलाउन सकस भएको थियो ।
सत्ताघटक दलहरू आफ्नो दाबीबाट टसमस नभएपछि सरकार विस्तार झनै पेचिलो बन्दै गएकाे छ । यसअघिको मन्त्रिमण्डलमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् । माओवादी केन्द्रमा भने गैरसांसदलाई मन्त्री बनाउन नहुने भन्दै आलोचना सुरु भएको छ ।
गठबन्धनबीचमा भागबण्डा नमिल्दा सरकार विस्तारको काम अघि बढ्न नसकेको हो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा गत कात्तिक १६ गते कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री बनेका थिए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया