सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ - सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने ध्येयबाट नियमावलीको प्रस्ताव ल्याएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताइन् ।
उनले सामुदायिक वनको अधिकार कटौति गर्नेगरी तयार गरिएको वन नियमावली २०७८, प्रदेश वन ऐन, संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावारमा लगाइएको प्रतिबन्धको विरुद्धमा आन्दोलन भएको र यो आन्दोलन सबै तहका सरकारले प्रस्ताव फिर्ता लिइ संशोधन नगरेसम्म जारी रहने चेतावनी दिइन् ।
अध्यक्ष पाठकले महासंघले आगामी माघ २८ गतेसम्म नियमित विरोध प्रदर्शन गर्ने र सो मितिसम्म पनि सरकारले वन नियमावली ऐन नसच्याए फरक ढंगबाट देशभर आन्दोलन गर्ने बताइन् । उनले सरकारले अपारदर्शी ढंगबाट सामुदायिक वनको प्रयोग सिमित व्यक्तिको स्वार्थपूर्तिका लागि हुनेगरी वन ऐनको प्रस्ताव ल्याएको आरोप समेत लगाइन् ।
अध्यक्ष पाठकले भन्नुभयो, ‘सरकारले २५ प्रशितबाट होइन, सामुदायिक वनको ५० प्रतिशत काठ जिल्ला वन आपूर्ति समितिलाई दिनुपर्छ भनेर उहाँहरुको साँठगाँठ छ । त्यो जिल्ला वन पैदार आपूर्ति समितिसँग त्यो अपारदर्शी संरचनासँग फेरि पनि सरकारले साँठगाँठ गरेर ५० प्रतिशत काठको व्यवस्था ग¥यो । त्यसमा हाम्रो घोर आपत्ति छ । त्यो अपारदर्शी संरचना सरकारले खारेज नगर्दासम्म हामी निरन्तर यो अभियानमा अघि बढ्नेछाँै । वन ऐन २०७६ ले विशेष गरी ठूला खानीहरु सुन, तामाका खानी जस्तो विषयमा वन क्षेत्रमा केही गर्न सकिन्छ भनेर ऐनले व्यवस्था गरेको छ । तर अहिले नियमावलीमा प्रस्ताव ल्याउँदा सुन र तामा खानी मात्रै होइन, ढुंगा, गिटी, बालुवादेखि सबैथोक वनबाट निकाल्न सकिने भनेर वनको नियमावलीमा प्रस्ताव गर्नुभएको छ । यसले के देखाउँछ भने केही समयपछि पूरै वन क्षेत्रलाई तहसनहस बनाउँछ । सरकारले जंगल भित्रको ढुंगा, गिटी पनि बेच्ने गरेर प्राकृतिक श्रोतमाथि आक्रमण गरिरहेको छ ।’
अध्यक्ष पाठकले प्रदेश र संघीय सरकारले सामुदायिक वनको अधिकारलाई नियन्त्रण गर्ने गरी ऐनहरु ल्याएकोप्रति महासंघको ध्यानाकर्षण भएको बताइन् । महासंघले वन पैदावर तत्काल खुल्ला गर्न, विदेशी काठलाई रोक्न, स्वदेशी वन पैदावरहरुलाई उपभोग गर्ने वातावरण बनाउन र फेरि पनि संरक्षित क्षेत्र घोषणा गर्न तथा समुदायको अधिकार हनन् नगर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया