अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

काठमाडाैँ- अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ ।
अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ । विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउन प्रयास गरिरहेका छन्।
अधिकारीहरूले यसमा मुसाको विष परेको हुन सक्छ भन्ने कुरालाई अस्वीकार भने गरेका छैनन् । ब्युनस आयर्सका सुरक्षा मन्त्री सर्जियो बर्नीले पछिल्लो २४ घण्टाभित्र कोकिन किनेका मानिसहरूलाई फ्याँक्न आग्रह गरेका छन्।
अर्जेन्टिना प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको र थुप्रै संदिग्ध व्यक्तिहरूलाई हिरासतमा लिएको छ। रासस

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया