सरकारको निर्णय मानेन गोकर्णेश्वर नगरपालिकाले, विद्यालय खोल्ने निर्णय

काठमाडौँ- काठमाडौँको गोकेर्णेश्वर नगरपालिकाले पालिकाभित्रका विद्यालयमा भौतिक पठानपाठन सञ्चालनको निर्णय गरेको छ ।
संघ सरकारले माघ मसान्तसम्म विद्यालय, कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा भौतिक उपस्थितमा पठनपाठन रोक्ने निर्णय गरेको थियो । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र भएको थियो ।
तर, गोकर्णेश्वरले भने २३ माघ अर्थात् आगामी आइतबारबाट भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो । एउटा कक्षामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्ने गरी आलोपालो गरेर कक्षा सञ्चालनको निर्णय भएको नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिए ।
कोरोना महामारीको संक्रमण बढेपछि सरकारले पुस अन्तिम साताबाट विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन रोकेको थियो । १५ माघसम्मका लागि पठनपाठन बन्द भए पनि फेरि लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया