कालोसूचीमा पर्नुपर्ने चिनियाँ ठेकेदारलाई सिद्धबाबा सुरुङको ठेक्का
बुटबल–नारायणगढ र सेनाको फास्ट ट्रयाक अलपत्र

काठमडौँ - बुटबल–नारायणगढ सडक र नेपाली सेनाको फास्ट ट्र्याकको ठेक्का पारी काम अलपत्र पारेको चिनियाँ ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेशनले सिद्ध बाबा सुरुङ मार्गको ठेक्का हात पारेको छ । सडक विभाग अन्तर्गतको आयोजनाले आज बिहीबार खोलको टेण्डरमा उक्त कम्पनीले २५ प्रतिशतभन्दा कममा हालेको हो । चाइना स्टेटले ६ करोड ११ लाख ८४ हजार अमेरिकी डलर (७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ) मा ठेक्का पाएको हो ।
सडक विभागले यो सुरुङ मार्गको ठेक्का ९ अर्ब ८९ करोड २६ लाख रुपैयाँमा प्रतिस्पर्धा गराएको थियो । तर चाइना स्टेटले २५.७९ प्रतिशत कममा हालेको थियो । ठेक्कामा नौ कम्पनी सहभागी थिए । चार कम्पनी मात्र प्राविधिक तर्फको प्रतिस्पर्धामा सहभागी थिए । यो ठेक्कामा अधिकांश चिनियाँ ठेकेदारले प्रतिस्पर्धा गरेका थिए ।
राज्य संयन्त्रलाई प्रभावमा पारी पटक–पटक कालोसूचीमा पर्नबाट जोगिंदै आएको चिनियाँ स्टेट कन्स्ट्रक्सनले बुटबल–नारायणघाट सडक अलपत्र पार्दै आएको छ । तीन वर्षअघि पूरा हुनुपर्ने यो सडक सात वर्ष बितिसक्दा पनि पूरा गरेको छैन ।
यही कम्पनीले सेनाको २५ अर्ब रुपैयाँको फास्ट ट्रयाक पनि हात पारेको छ । तर ठेक्का सम्झौताअनुसार साइटमा परिचालन गर्नुपर्ने यन्त्र उपकरण लगायतका आवश्यक बन्दोबस्ती गरेको छैन । सबैभन्दा थोरैमा ठेक्का पार्ने, पेश्की रकम लिने र काम नगर्ने अनि फेरि अर्काे ठेक्का लिने गर्दै आएको यो कम्पनीले सिद्धबाबाको सुरुङ अलपत्र पार्ने विभागका अधिकारीहरु चिन्तित छन् । नेपाल सरकारको आफ्नै लगानीमा बन्न लागेको यो आयोजना अलपत्र परेमा सडक विभागले अन्य सुरुङ मार्ग अघि बढाउन सक्दैन ।
कुन ठेकेदारको कति प्रस्ताव
बुटबल–तानसेन सडकअन्तर्गत सिद्धबाबा भन्ने ठाउँमा हरेक वर्ष पहिरो जाँदा धेरै नेपालीले ज्यान गुमाइसकेका छन् । नेपाली जनताको ज्यान जोगाउने उद्देश्यले नेपाल सरकारको आफ्नै स्रोतमा बन्न लागेको यो आयोजनामा काम नगर्ने भनेर जान्दा जान्दै पनि कालोसूचीमा नराखी यसैलाई ठेक्का दिनु दुर्भाग्य रहेको विभागका अधिकारीहरु बताउँछन् ।
‘नेपालमा तीन, चारवटा ठेक्काबापत पेश्की रकम मात्रै ५, ६ अर्ब यो कम्पनीले लगिसकेको छ,’ स्रोतले भन्यो, ‘सम्झौता अनुसार काम गर्दैन तर कालोसूचीबाट जोगिन हाकिम रिझाउँछ, यो जगजाहेर छ ।’ इकागजलाई विभागबाट आज प्राप्त विवरण अनुसार चाइना स्टेटभन्दा २१.१६ प्रतिशत कममा कोभेक–सीआरइजीसी संयुक्त उपक्रमले हालेको थियो । उसको ठेक रकम ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ थियो ।
त्यसैगरी तेस्रो कम रकममा हाल्ने अर्काे चिनियाँ ठेकेदार हो सीसीइसीसी–सीआरसीसी १४–सियूयान संयुक्त उपक्रम थियो । यो कम्पनीले ९ अर्ब ८० करोड रकम कबोलेको थियो । यो रकम ०.९३ प्रतिशतले मात्र कम हो ।
यही ठेक्कामा चाइना फस्र्ट हाइवे इन्जिनियरिङले ठेक रकमभन्दा १८.६३ प्रतिशत (११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ) बढीले हालेको थियो । ठेक्काको प्राविधिक मूल्यांकनमा चाइना गेजुवा ग्रुप कम्पनी, शर्मा–जेडआइसीजी संयुक्त उपक्रम, एससीसीइ–एनके संयुक्त उपक्रम, एसपीपी जेभी र केएमसी–भीसीपीएल संयुक्त उपक्रम परेनन् । सिद्धबाबाको खतरनाक पहिरोको पाँच किलोमिटर क्षेत्रमध्ये १.२ किलोमिटर सुरुङ खन्न ठेक्का गरिएको थियो । यससम्बन्धी आयोजना प्रमुख प्रभात झा सम्पर्कमा आउन चाहेनन् ।

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

प्रतिक्रिया