बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

भक्तपुर दुर्घटनामा एकको मृत्यु

भक्तपुर– मोटरसाइकल र मिनी टाटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एको मृत्यु भएको। आज (बिहीबार) भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी भद्रकाली स्थितमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार  प्रदेश नं ३–००१ प १४७७ नं को एफ जेड मोटरसाइकल र बा. ५ ख. १६२५ नं. को मिनी टाटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो। मोटरसाइकल चालक भक्तपुर जिल्ला चाँगुनारायण वडा नं. ७ भद्रकाली खरिपाटीका संजोग गिरीको घटनास्थलमा नै मृत्यु भएको परिसरका डिएसपी एवं सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए।

सवारी चालक जिल्ला सिन्धुपाल्चोक बाह्रविसे वडा नं. ७ नाकुचे घर भई हाल भक्तपुर जिल्ला भक्तपुर न.पा. ८ लिवाली बस्ने बर्ष ३४ को राम आचार्य र मिनि टाटा ट्रक महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको उनले बताए। घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको प्रह्रीले जनाएको छ।