आतकंकारी आक्रमणमा चार पाकिस्तानी सैनिक र १५ आक्रमणकारी मारिए
काठमाडौँ - पाकिस्तानका आन्तरिक मन्त्री शेख रसिदले बलुचिस्तान प्रान्तको दुई फरक क्षेत्र नोस्की र पञ्जगुरमा रहेको एफसी (फ्रन्टियर कोर) मुख्यालयमा भएको आतकंकारी आक्रमणमा अहिलेसम्म चार सैनिकको मृत्यु भएको पुष्टि गरेका छन्।
पञ्जगुरमा अझै पनि अपरेशन जारी रहेको र केही आक्रमणकारीलाई सुरक्षा बलले घेरेको उनको भनाइ छ ।
गृहमन्त्रीले एक भिडियो बयानमा भने, 'आक्रमणकारीहरूले बुधबार ढिलो नोस्की र पञ्जगुरमा ठूलो हमला गरेका थिए, जसलाई सुरक्षा बलहरूले विफल पारेका थिए।'
नोस्कीमा नौ आतंकवादी र चार सेनाका जवान शहीद भए भने पञ्जगुरमा छ आतंकवादी मारिएकाे उनले दाबी गरे ।
शेख रशिदका अनुसार आतकंकारीहरूलाई पञ्जगुर र नोस्की दुवैबाट धपाएर सेनाले आफ्नो परम्परालाई जीवित राखेको थियो।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया