जनवरीमा नेपाल आउने पर्यटकको संख्या दोब्बरले बढ्यो
सबैभन्दा धेरै युरोपबाट ३ हजार ५ सय २७ जना भित्रिए

काठमाडौँ : सन् २०२२ को जनवरी महिनामा गएको वर्षभन्दा दोब्बरले नेपालमा पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ को जनवरी महिनाभन्दा सन् २०२२ को जनवरी महिनामा दोब्बरले नेपाल घुम्न विदेशी पर्यटक आएका हुन् ।
गएको वर्ष जनवरी महिनामा मात्रै ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका थिए । तर यस वर्षको जनवरी महिनामा १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका बोर्डले जनाएको छ ।
अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यसरी यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाल भित्रिएका पर्यटकमा सार्क राष्ट्रका सबैभन्दा धेरै पाँच हजार जना छन् । यस्तै एसियाका एक हजार पर्यटक नेपालमा आएका छन् । गएको वर्षमा भने जनवरीमा दुई हजार पर्यटक मात्रै नेपाल घुम्न आएका थिए ।
युरोपबाट भने यस वर्षको सुरुमै ह्वात्तै पर्यटक आएका छन् । यस वर्षको जनवरी महिनामा मात्रै युरोपबाट ३ हजार ५ सय २७ जना पर्यटक नेपाल घुम्न आएका छन् । गएको वर्ष भने जनवरीमा ७ सय ११ जना पर्यटक मात्रै नेपाल आएका थिए । यस्तै अमेरिकाबाट १ हजार ६ सय बढी पर्यटक नेपाल आएका छन् ।
सबै गरेर यस वर्ष १६ हजार ८ सय बढी पर्यटक नेपाल भित्रिएका हुन् । सबै पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएका हुन् । स्थलमार्गबाट नेपाल आउने पर्यटकको संख्या एकिन छैन ।
गएको वर्ष कोरोना भाइरसको महामारीले गर्दा नेपालको पर्यटक क्षेत्र ठप्प जस्तै भएको थियो । यस वर्ष कोरोना भाइरसविरुद्धको खोपले गर्दा केही सहज भएको छ ।
खोपले गर्दा पर्यटन क्षेत्र यस वर्ष फाट्टफुट्ट चलायमान छ । तर कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र अझै चलायमान हुन समय लाग्ने पर्यटन व्यवसायी बताउँछन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया