दाङमा थप एकजना कोभिड सङक्रमितको मृत्यु

दाङ - पश्चिम दाङका एकजना कोभिड सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो ।
उनको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए । यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनाम कोभिड सङक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा र आठ जनाको तुलसीपुर र घोराहीका कोभिड अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ ।
यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोभिड विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन् ।

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

प्रतिक्रिया